फरक शैलीमा ‘नेपाल स्टार’ को निरन्तरता

साउन १२ । नेपाली मौलिक गायन रियालिटी शो वाइवाइ ‘नेपाल स्टार’ को अडिशनका सम्पूर्ण एपिसोडहरुको प्रशारण पश्चात् नयाँ प्रविधि प्रयोग गर्दै दोस्रो राउण्ड प्रशारण सुरु गरिरहेको छ । देशका सातै प्रदेशलाई समेटेर अडिशन गरिएको यो रियालिटी शो प्रशारणमा आएसँगै कोभिड(१९ का कारण काठमाडौं अडिशनदेखिको प्रशारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो ।

अडिशनका सबै एपिसोडको प्रशारण सकिएपछि दोस्रो राउण्डको सुरुवात गर्नुअगावै तयारी गर्दै पहिले तय गरिएको फर्म्याटभन्दा बाहिर निस्केर सामाजिक दूरी कायम गर्दै प्रविधिमैत्री हुँदै यो राउण्डलाई सुरु गरिएको छ । जहाँ अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीनजना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिस्पर्धीले गाएको गीतमा संगीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा संगीत बजाउँदै साथ दिने सांगीतिक समुहमध्येकै दुई बाजा गीतार र पियानो बजाएको पनि देख्न सकिन्छ । यसरी नेपालका लागि बिल्कुनै नौलो यो प्रविधिबाट तयार गरिएका एपिसोडहरु दुईवटा प्रशारण भइसकेका छन् । जहाँबाट प्रत्येक एपिसोडमा १२ जना गर्दै २४ जना प्रतिस्पर्धीहरु अघिल्लो राउण्डका लागि छनोट भइसकेका छन् ।

Comments
Loading...