राष्ट्रियसभाका उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाली आवाज । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचन तथा पार्टीका तर्फबाट उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बताइन्छ ।राष्ट्यिसभाको उम्मेदवारी मनोनयन यही पुस २३ गते रहेको छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।

Comments
Loading...