हिमाली आवाज । स्थानीयवासीको सुखदुःखमा साथ दिने तथा अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने उद्देश्यले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा ‘घाचोक परोपकारी संस्था’ गठन गरिएको छ ।
पटक–पटकको प्रयासपछि आज आयोजित भेलाले शिवप्रसाद पोखरेलको अध्यक्षतामा संस्थाको तदर्थ समिति गठन गरेको हो । स्थानीयस्तरमा परोपकारी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आवश्यक परेका व्यक्तिलाई सहयोग पु¥याउने लक्ष्यसहित संस्था गठन गरिएको जनाइएको छ ।
संस्थाले स्थानीयवासीलाई दुःख, विपद् तथा अन्य अप्ठ्यारा परिस्थितिमा आवश्यक सहयोग गर्ने, आपसी सहयोग र सद्भाव अभिवृद्धि गर्ने तथा समाजमा परोपकारी भावनाको विकास गर्ने उद्देश्य राखेको छ ।
नवगठित संस्थाको उपाध्यक्षमा क्षेत्रबहादुर गुरुङ र राधिका लम्साल, महासचिवमा पदम नेपाल, सचिवमा सुशीलजंग जिसी तथा कोषाध्यक्षमा मीनादेवी सुवेदी चयन हुनुभयो ।त्यसैगरी सदस्यमा कुमार श्रेष्ठ, भीमबहादुर धौलाकोटे, सपना मिजार, किरण गुरुङ, यञ्जल पुन, बालकुमारी लम्साल र केशवराज केसी रहनुभएको छ ।
संस्थाको विधान तयार गर्न सूर्यप्रसाद लम्सालको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा गोविन्दराज पोखरेल, टेकनाथ पोखरेल, राजाराम पौडेल, विश्वमोहन पोखरेल, जगत गुरुङ र शंकर कार्की रहनुभएको छ ।

संस्था गठनकै दिन आर्थिक सहयोग
संस्था गठन भएको दिनमै विभिन्न व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ । संस्थाको सुरुआती चरणमै सहयोग जुट्नुलाई परोपकारी अभियानप्रति स्थानीयवासी तथा विदेशमा रहेका नेपालीको सद्भावका रूपमा लिइएको छ ।
संस्थालाई अमेरिकामा रहनुभएका सन्तोष केसीले रु १० हजार, यज्ञनिधि लम्सालको परिवारबाट रु १० हजार, राजाराम पौडेलले रु पाँच हजार पाँच, नारायण घोरासैनीले रु दुई हजार पाँच, गोपाल पोखरेलले रु दुई हजार र किरण गुरुङले रु एक हजार सहयोग गर्नुभयो ।त्यसैगरी रेशम नेपालीले संस्थाको दर्ता प्रक्रियामा लाग्ने खर्च सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संस्थाले प्रारम्भिक चरणदेखि नै आर्थिक सहयोग प्राप्त गरेपछि आगामी दिनमा संस्थाका गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा महासचिव पदम नेपालले हिमाली आवाजलाई जानकराी दिनुभयो । उहाँले संस्थाका तर्फबाट सहयोगदाता, भेलामा उपस्थित भई महत्वपूर्ण सल्लाह तथा सुझाव दिने व्यक्तित्व र संस्थाको स्थापनामा योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
स्थानीयस्तरमा सुखदुःखमा एकअर्कालाई सहयोग गर्ने साझा संस्थाको आवश्यकता महसुस भएपछि घाचोक परोपकारी संस्था गठन गरिएको हो । संस्थाले आगामी दिनमा आपसी एकता, सहकार्य र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै समुदायमा आवश्यकताअनुसार परोपकारी गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष शिवप्रसाद पोखरेलले बताउनुभयो ।

