कास्की कारागारबाट फरार कैदी पक्राउ

हिमाली आवाज । ज्यान र डाँका सम्बन्धी मुद्दामा सजाय भुक्तान गरिरहेको अवस्थामा कास्की कारागारबाट फरार भएका कैदी सन्तोष जलारी पक्राउ परेका छन् ।
कास्की जिल्ला अदालतबाट ज्यान र डाँका सम्बन्धी मुद्दामा सजाय भुक्तान गरिरहेका पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय जलारी यही कात्तिक १ गते बिहान २ बजे कारागारबाट फरार भएका थिए ।

जलारीलाई प्रहरीले मंगलबार पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एक होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
उहाँका अनुसार फरार कैदीको खोजीका क्रममा प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।
“पोखरा पृथ्वीचोकस्थित एक गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका छौँ । पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।” प्रनाउ पासवानले भन्नुभयो ।

Comments
Loading...