सन्दीप सीपीएल खेल्न बिहीबार वेष्ट इन्डिज जाने

काठमाडौं । सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

सन्दीप बिहीबार वेस्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् । हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना भए पनि चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका हुन् ।

सन्दीप प्रतियोगिताका लागि बिहीबार प्रस्थान गर्ने व्यवस्थापक रमन सिवाकोटीले बाह्रखरीलाई जानकारी दिए । सन्दीप आइतबार मात्र वेस्ट इन्डिज पुग्नेछन् । यस वर्षको सीपीएल अगस्त १८ बाट हुँदै छ ।  ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।
सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा हुनेछ ।

Comments
Loading...