काठमाडौँ,१२ भदौ । नेपाल आइडल सिजन ३ को उपाधि सज्जा चौलागाईंले जितेकी छन् ।
आज साँझ भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता भन्दै टाइटलसँगै नगद रु ५० लाख प्राप्त गरिन्।
फष्ट रनरअप वेडुवालले रु १० लाख तथा सेकेन्ड रनरअप भुजेलले रु पाँच लाख पुरस्कार प्राप्त गरे ।