संक्रमण बढेपछि बैँकलाई ‘वर्क फ्रम होम’को व्यवस्था मिलाउन राष्ट्रबैँकको निर्देशन

पोखरा,२५ साउन । कोरोेना भाइरस संक्रमण बढेपछि नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तिय संस्थाका कर्मचारीलाई घरवाटै काम‘वर्क फ्रम होम’को व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

इजाजात प्राप्त बैँक तथा वित्तिय संस्थाहरुका लागि आज सूचना जारी गर्दै राष्ट्र बैँकले बैंक तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ ।

कोरोनाका जोखिम र संक्रमणको मात्रामा वृद्धि भएको भन्दै केन्द्रीय बैंकले जोरबिजोर प्रणाली तथा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न भनेको हो । राष्ट्र बैंकले सेवा बिजनेस कन्टिन्युटी प्लान बनाउन समेत निर्देशन दिएको छ ।

कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो ।

Comments
Loading...