नेकपा विवाद मिलाउन गठित कार्यदलको बैठक शुरु,सहमतिको मस्यौदा तयार पार्ने

काठमाडौँ,३१ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन गठन गरिएको कार्यदलको बैठक शुरु भएको छ ।

पार्टी भित्रको विवाद समाधानका लागि दुई अध्यक्षलाई सहमतिको प्रश्ताव पेश गर्ने गरी छ सदस्सीय कार्यदल छलफलमा जुटेको हो ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले कार्यदल गठन गरेसँगै सहमति खोज्न प्रयास सुरु भएको हो ।

कार्यदलका बैठक भैसेपाटीमा सुरु भएको र विवादित विषयमा सहमति खोज्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

Comments
Loading...