कास्कीका पहिरो पीडितलाई राहत वितरण,मापदण्ड विनाको विकास अराजक : सांसद बराल

श्रीभद्र पौडेल
पोखरा,२१ भदौ । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले शोकलाई शक्तिमा बदल्नुको विकल्प नभएको औँल्याएका छन् ।
कास्कीको माछापुच्छे« गाउँपालिकाका बाढी पीडितलाई आइतवार कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपाल च्याप्टरले गरेको आर्थिक सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बरालले सो कुरामा जोड दिएका हुन् ।

कास्की परिवार दक्षिण कोरियाबाट जिल्लाका बाढी पहिरो पीडितका लागि प्राप्त राहत रकम परिषद्को समन्वयमा वितरण गरिएको हो ।

विपद्मा परेका परिवारका सदस्य विछिप्त बनिरहेको तर्फ संकेत गर्दै सांसद बरालले ढिलोचाँडो शोकलाई शाक्तिमा बदल्नुको विकल्प कसैसँग पनि नभएको औँल्याए ।सांसद बरालले निश्चित मापदण्ड विनाको विकास अराजक भएको जनाउँदै त्यस्तो विकास आवश्यक नभएको समेत चर्चा गरे ।

भिरपाखामा रहेका १÷२ घरमा पनि विकास पु¥याउने नाममा विना इञ्जिनियरिङ सडक खनिएको तर्फ संकेत गर्दै बरालले त्यस्तो विकास विनासको प्रमुख कारण बन्न सक्ने तर्फ सचेत समेत गराए ।

माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले यस वर्ष आइतवारसम्म गाउँपालिकामा बाढीपहिरोकै कारण ४ जनाले ज्यान गुमाउनु परेको तथा कुल ७ घरमा क्षती भएको बताए ।उनले सडकको विकास भएमात्रै गाउँ विकास हुन्छ भन्ने सोचाईबाट आम नागरिक माथि उठ्नुपर्ने तर्क समेत गरे।उनले दोगो र वातावरणमैत्री विकासमा जोड समेत दिए ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष डा. सुन्दर पौडेलले विकासको नाममा विनास हुन नहुने तर्फ सचेत गराउँदै वस्ती जोखिम मूल्याङन गरी त्यसको न्यूनीकरण तर्फ बेलैमा ध्यान दिनुपर्ने बताए।उनले सहयोगलाई संदेशका रुपमा लिन आग्रह समेत गरे ।

कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्का संयोजक शोभाकर भण्डारीले विपद्मा परेकालाई सहयोग गर्नु मानवीय धर्म हुने औँल्याउँदै सोही भावनाका साथ सहयोग गरेको स्पष्ट पारे।उनले कार्यक्रमबारे विस्तृत जानकारी दिर्दै सहयोगको सदुपयोग गर्न आग्रह पनि गरे।

कास्की परिवार दक्षिण कोरियाका निःवर्तमान् अध्यक्ष सुरज गुरुङले सहयोगलाई मलमका रुपमा बुझ्न आग्रह गरे।गुरुङले सरकारले पीडितको पक्षमा थप ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए। संस्थाले कुनै सदस्यलाई विरामी वा मृत्यु हुदाँ तथा काम नपाउँदा समेत सहयोग गर्दै आएको उनले स्पष्ट पारेका थिए ।

च्याप्टरले कास्की परिवार दक्षिण कोरियाको सहयोगमा गाउँपालिकाका कुल ८ पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।प्रति परिवार रु.८ हजार १ सयका दरले राहात वितरण गरिएको छ ।यसरी राहात पाउनेहरुमा रविलाल विक, डिलबहादुर विक, डिलबहादुर विक (मामा), दुर्गे कामी, छली दमै, रामबहादुर नेपाली, लक्ष्मी दवाई र कल्पना पुन मगरका परिवार छन्।

परिषद्का संयोजक शोभाकर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माछापुच्छे« गाउँपालिका ६ का वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले स्वागत तथा नेपाल च्याप्टरका सदस्य हरि ढकालले कार्यक्रम संचालन गरेका थिए ।

यसैबीच संस्थाले आइतवारै पोखरा–२५, हेमजा, झिर्झिकाका पहिरो पीडित बासुदेव अधिकारी र हेमजा हनुचोक स्थित सन्तोष खड्काको परिवारलाई पनि प्रति परिवार रु. १० हजारका दरले सहयोग गरेको छ ।

त्यस्तै उक्त संस्थाले शुक्रवार अन्नपूर्ण गाउँपालिकाका ८ पहिरोपीडितलाई सहयोग गरिसकेको थियो । सोमवार रुपा गाउँपालिकाका ७ तथा मंगलवार पोखरा मगरपालिकाका १० पीडित परिवारलाई पनि सहयोग गर्ने जनाएको छ ।

Comments
Loading...