पिएन क्याम्पसमा विभागीय पुस्तकालय स्थापनाको तयारी

श्रीभद्र पौडेल
पोखरा,२ असोज।पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको लागि प्रयास थालेको छ।

विभागले त्यस सम्बन्धमा गृहकार्य समेत गरी करिव १ हजार बढी पुस्तक पनि संकलन गरिसकेको छ । शुक्रवारसम्म कुल ५५ सृष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले जानकारी दिए।नेपालका विभिन्न स्थान लगायत अमेरिका र वेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेको उनको भनाई छ।

कार्यक्रम अन्र्तगत शुक्रवार प्रा.डा रविलाल अधिकारी, सह प्रा.डा.बाबुराम अधिकारी तथा सह.प्रा ईश्वरमणि अधिकारीले पुस्तक हस्तान्तरण गरेका छन्।गत साउन ८ गते यता आफू विभागीय प्रमुखमा नियुक्त भएको जानकारी दिर्दै प्रमुख न्यौपानेले त्यस बीचमा विभिन्न सेमिनार तथा पुस्तकालय स्थापना कार्यलाई महत्व दिर्दै आएको बताए।

पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्र्तक्रिया हुने विभागको विश्वास रहेको पनि प्रमुख न्यौपानेले बताए।

विशेष गरी अनुसन्धान तहका विद्यार्थीलाई लक्षित गरी आफूहरुले पुस्तकालय स्थापना गरिरहेको विभागीय सदस्य समेत रहेका पुस्तकालय संयोजक उपप्राध्यापक निर्मल सापकोटाको भनाई छ।पुस्तकालयलाई गण्डकी प्रदेशकै उदाहरण्ीय बनाउने सोच पनि विभागले राखेको छ।
यता विभागले संकलित पुस्तकलाई लेखक र पुस्तकको नाम तथा पुस्तक सङख्या समेतको विवरण राखी व्यवस्थित गर्ने प्रयास समेत थालेको छ।जसमा अन्य विभागीय सदस्यको समेत साथ दिइरहेका छन्।

पुस्तकालय स्थापनासँगै अध्ययन, अध्यापन तथा अनुसन्धान कार्यमा थप सहजता आउने विभागको भनाई छ ।जसका लागि प्राध्यापक, साहित्यकार, विभागीय सदस्य लगायतले पुस्तक उपलब्ध गराइरहेका छन्।

त्यस्तै विभिन्न संस्थाबाट पत्रिका, जर्नल, स्मृतिग्रन्थ पनि विभागमा हस्तान्तरण भइरहेको छ । पुस्तक संकलनको यो अभियान निरन्तर जारी रहने पनि विभागले भनेको छ।

Comments
Loading...