विशाल पौडेलको उपचारमा गुरुङको पहलमा संकलित ९१ हजार हस्तान्तरण

हिमाली आवाज । मादी गाउँपालिका–६ निवासी १३ वर्षीय बालक विशाल पौडेलको उपचारमा आज थप सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

मादी–७ घर भई हाल पोखरा महानगरपालिका– १३ निवासी समाजसेवी दुर्गा बहादुर गुरुङ को पहल मा संकलित रकम रु ९१ हजार १८५ बिरामी पौडेलका दाजु विजय पौडेललाई हस्तान्तरण गरिएको हो ।

पौडेल गत साउन २८ गते राति आफ्नो घरमै सुतेका बेला बिषालु सर्प कालो करते सर्पले डसेपछि गम्भिर बिरामी परेका थिए । उनको पोखरामा ४४ दिन उपचारपछि हाल काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक अभावभएपछि मादीवासी तथा देश विदेशमा रहेका शुभचिन्तकहरु सहयोग संकलनमा जुटेका छन् ।

कार्यक्रमा मादी वडा नं ७ का वडाध्यक्ष एवं नेकपा जिल्ला कमिटी सचिवालय सदस्य लाल बहादुर गुरुङले नेपाली स्वभाव दीन,दुःखी र असाहाय र विपन्नको सहयोग गर्ने भएकाले बिरामी पौडेलको उपचारमा सक्दो सहयोग गर्न सबैमा आग्रह गरे ।

दाजु विजय पौडेलले रकम ग्रहण गर्दै सहयोग दाता र संकलनमा खटिने सबै जना प्रति धन्यवाद गरे । रकम जुटाउन खटिएका दुर्गा बहादुर गुरुङ ले सहयोग गर्न पाउदा आफुलाइ खुशी र सन्तुष्टि मिलेको र बिशाल भाइको स्वास्थ लाभको कामना गर्दै अझै अभियान जारी राखिने प्रतिवद्धता जनाए ।

आइतबारनै पोखरा–१९ निवासी श्रीराम गौतमकोे पहलमा संकलित रकम रु एक लाख १४ रुपैयाँ पनि परिवारलाई हस्तान्तरण गरिएको थियो । विशाल पौडेल बचाउ अभियानका संयोजक योग बहादुर क्षेत्री को अध्यक्षता सहयोग रकम हस्तान्तरण कार्यक्रम भएको थियो ।

Comments
Loading...