सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

हिमाली आवाज । सरकारले कोरोनाबाट रोकिएको सबै परीक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्ने दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए ।

संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। ’स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सबै तहबाट सञ्चालन हुने परिक्षा सञ्चालनको अनुमति दिने निर्णय भएको छ’ उनले भने।

सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागि समेत स्वीकृति दिएको उनले बताए। ’तीनै तहका सरकारबाट सञ्चालनमा भएका व्यावसायिक तालिम सञ्चालन गर्न दिने निर्णय भएको छ। ।

Comments
Loading...