विगतमा भक्तजनको भीडभाड हुने विन्ध्यवासिनी मन्दिर यस वर्ष सुनसान(फोटो फिचर)

पोखरा,९ कात्तिक । नवरात्रीका अवसरमा विगतका वर्षहरुमा सयौँ भक्तजनहरुको भीडभाड रहने पोखराको प्रसिद्ध शक्तिपिठ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष कोरोना कहरका कारण दर्शनार्थीलाई प्रवेश रोक लगाईएपछि आइतबार सुनसान मन्दिर परिसर । मन्दिर परिसरमा प्रवेश रोक लगाइएपछि केही भक्तजनले प्रवेशद्धारमै पूजाआजा गरेका छन् ।

चण्डी पाठ,नवरात्रको विशेष आरति,देवी भागवतको कर्ता,ग्रह शान्ति र अनुुष्ठानका लागि बाहेक अन्य कार्यका लागि प्रवेश बन्द गरिएको विन्ध्यवासिनी क्षेत्र विकास समितिले जनाएको छ । दर्शनका लागि पुग्ने भक्तजनहरुलाई सुरक्षाकर्मीले प्रवेशद्धारबाटै फिर्ता पठाउने गरेका छन् । तस्वीर ः हिमाली आवाज डटकम ।

Comments
Loading...