Skip

कोभिडको अध्यापन अनुभूति :अब ‘इएफए’ होइन ‘इएफपि’!

♦शान्ताराम लामिछाने
सिकाइ त्यतिबेला सार्थक हुन्छ जति बेला सिकारुलाई सिक्ने कुराको आवश्यकता बोध हुन्छ । शिक्षकको भगिरथ प्रयत्नले विद्यार्थीको नतिजामा सुधार हुने गरेको देखिएपनि, परीषमा शतप्रतिशत सफलता प्राप्त भए जस्तो लागेपनि विद्यार्थीको आफ्नो आवश्यकता बोध बिना दिइएको शिक्षा चीरस्थायी नहुने रहेछ ।

म एकजना सामुदायिक विद्यालयको शिक्षक आफ्नो आत्मालाई साक्षी राखेर भन्नुपर्दा काम गरेकै छु जस्तो लाग्छ । तर अध्यापनका धेरै कम वर्षमात्र सन्तुष्टिको अनुभव गर्न पाएको छु । बाहिरबाट भएको प्रहारको त म त्यति प्रवाह गर्दिन । किनकि आफ्नै आत्मालाई सोध्दा विद्यार्थीलाई इमान्दारीपूर्वक र पक्षपात रहित भएर अध्यापन गरेको छु जस्तो लाग्छ ।

आफु सामुदायिक विद्यालयमा पढाएर निजीमा राम्रो नतिजा देख्दा ती विद्यालयमा हामीले पढाउँदा कस्तो होला भन्ने लाग्थ्यो । तर जीवनले त्यो अवसर पनि जुटाइदियो । निजी विद्यालयमा अध्यापन गरेर अङ्कमा देखिने अपेक्षित सफलता पनि प्राप्त भयो । तर निजी विद्यालयको त्यो प्राविधिक सफलताले पनि मेरो मान्यतामा परिवर्तन ल्याउन सकेन । किनभने निजी विद्यालयका ती विद्यार्थीको सफलता पनि परीक्षासम्म मात्र रह्यो । जसले शिक्षक, अभिभावक र विद्यालयको लागि पढिदिएका थिए ।

कोभिड १९ को मेरो मान्यता अझै बलियो भएझैँ लागिरहेछ । तर त्यस्तो नहोस भन्ने मेरो कामना छ । मानवीय स्वभाव अनुसार १०,१५ दिन त निरन्तरको अध्यापन जस्तो बोझिलो कामबाट मुक्ति पाउँदा आनन्दै भएको थियो । तर त्यसपछि विद्यार्थीसँग भेट नहुँदा, विद्यालय जान नपाउँदा एक प्रकारको छटपटि सुरु भयो । फेरि उपाय केहि थिएन । घरबाट बाहिर निस्कन नपाइने, सूचना प्रविधिको ज्ञान अतिकम । त्यति बेलासम्म म्यासेञ्जरमा आठ जना भन्दा बढी बोल्न सकिँदैन भन्ने पनि थाहा थिएन ।

कोभिड १९ को मेरो मान्यता अझै बलियो भएझैँ लागिरहेछ । तर त्यस्तो नहोस भन्ने मेरो कामना छ । मानवीय स्वभाव अनुसार १०,१५ दिन त निरन्तरको अध्यापन जस्तो बोझिलो कामबाट मुक्ति पाउँदा आनन्दै भएको थियो । तर त्यसपछि विद्यार्थीसँग भेट नहुँदा, विद्यालय जान नपाउँदा एक प्रकारको छटपटि सुरु भयो । फेरि उपाय केहि थिएन । घरबाट बाहिर निस्कन नपाइने, सूचना प्रविधिको ज्ञान अतिकम । त्यति बेलासम्म म्यासेञ्जरमा आठ जना भन्दा बढी बोल्न सकिँदैन भन्ने पनि थाहा थिएन ।

जुम, गुगल मिटिङ भन्ने त धेरै टाढाका कुरा भए । यस्तै अवस्थामा विज्ञान शिक्षक समाज, नेपाल राष्ट्रिय शिक्षक संगठन जस्ता संस्थाहरुले आयोजना गरेका तालिमहरुमा सहभागी हुने अवसर पाइयो । माछापुच्छे,त्यसपछि म्यासेञ्जर समूहबाट शिक्षक साथीहरुसँग कसरी अगाडि बढ्ने भनेर छलफल भयो । त्यतिखेर माथि उल्लेखित केही संस्थाबाहेक कतै शिक्षाका कुनै गतिविधि सञ्चालनमा आएका थिएनन् ।सरकारको बैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम आएको थिएन ।

जुम एपबाट शिक्षक साथीहरुको बीचमा बैठक गरी विद्यार्थीहरुसँग कसरी जोडिन सकिन्छ भनेर छलफल गरियो । पहिले म्यासेञ्जर समूह बनाएर विद्यार्थीसँग जोडिने र शिक्षकहरुले पनि आफ्नो सूचना प्रविधिमा क्षमता विस्तार गर्ने सल्लाह चल्दै थियो । पछि त्यहि छलफल असहज अवस्थामा भौतिक उपस्थितिको माध्यम बन्न खोजेपछि शिक्षकसाथीहरु अनलाइनबाट टाढा हुनुभयो ।मैले पहिलो ब्रेकको अनुभूति गरेँ ।

केही समयपछि शिक्षा मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याउने प्रयास गर्यो । त्यसैको सेरोफेरोमा लकडाउन पनि खुकुलो भयो र शिक्षकहरु विद्यालयमा आउने वातावरण बन्यो । राइट फर चिल्ड्रेन र पोखरा महानगरपालिकाको सक्रियतामा कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा अवस्थित माछापुच्छ«े मा.वि.का शिक्षकहरुले तयार पारेको गृहकार्य पुस्तिका वितरण गर्ने कार्य भयो र पालो लगाएर गृहकार्य परीक्षण हुन थाल्यो ।

तर त्रासका कारण विद्यार्थीको संख्या अत्यन्त न्युन रह्यो । यसैबीच धेरै निजी विद्यालय र केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न थाले । हामी पनि सोच्न थाल्यौँ आफ्नो विद्यालयमा त्यस्ता कक्षा सञ्चालन गर्न । दुईवटा चुनौती थिए । पहिलो न्युन आय भएका परिवारका बालबालिका पढ्ने विद्यालय दोश्रो आफू पनि प्रविधि सिक्दै सिकाउँदै गर्नुपर्ने अवस्था । तर अगाडि बढियो ।

पहिला थोरै विद्यार्थी भएपनि क्रमशः बढ्दै गए । आफ्नो सीप पनि निखारिँदै गयो । कक्षामा आनन्दको अनुभूति हुन थाल्यो । “सर कक्षामा पढेको भन्दा पनि बुझियो” कति आनन्द दायक पृष्ठपोषण थियो । जुम कक्षामा दिइएको कक्षा कार्य र गृहकार्य विद्यार्थीहरु म्यासेञ्जरमा बुझाउने(पठाउने) गर्थे । बजारमा अनलाइन कक्षाको जति नै नकारात्मक हल्ला भएपनि आफ्ना विद्यार्थी सक्रियतापूर्वक कक्षामा सहभागी हुन्थे ।
“कक्षा १० र ९ बाट प्राप्त अनुभवलाई के अरु कक्षासम्म विस्तार गर्न सकिएला?” यही सोचका साथ शिक्षक बैठक बसी सर्वेक्षण गर्ने निर्णय भयो । तर सर्वेक्षणको नतिजा निराशाजनक रह्यो । कतै हामी भित्रका कमजोरी पनि कारक रहे की ?नत्र कक्षा ९,१० र अरु कक्षाका विद्यार्थी फरक समुदायका थिएनन् । त्यत्रो फरक नहुनु पर्ने । सर्वेक्षण पछिको शिक्षक बैठकले चलिरहेको अनलाइन कक्षा पनि बन्द गरी पालैपालो विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमा बोलाइ सिकाइ सहजीकरण गर्ने निर्णय भयो । मैले दोश्रो ब्रेकको अनुभूति गरेँ ।

जुन निकायले सिकाइ सहजीकरण भनेको अनिवार्य रुपमा १० देखि ४ बजेसम्म कक्षासञ्चालन होइन है भनेको थियो । उही निकायले अनुगमन गरी १० देखि ४ नै बस्नुपर्ने बनायो । खै किन हो हाम्रो विद्यालय मात्र हो कि सबैतिर हो ? थाहा छैन । तर यसरी बस्नुपरेपछि विद्यार्थीलाई अरु बढी कक्षा पढाउँ न त भनेको विद्यालय भरीमा २५ जनाभन्दा बढी राख्न नपाइने आदेशले चलेका कक्षापनि घटाउनु परेको छ । अनलाइन पढाउँदा ३ दिनमा पालो आउने विषयको ६ दिनमा पालो आउँथ्यो । अब त १२ दिनपछि मात्र पालो आउँछ । त्रासकाबीच १० देखि ४ बजेसम्म बस्यो उपलब्धि शुन्य छ । पढ्ने विद्यार्थीले म्यासेञ्जरबाटै कोर्ष सकिसके । पढाइको महत्व नबुभेका अभिभावक र विद्यार्थी झन पछि पर्ने भए ।

आजकल त लाग्छ , समानता प्रकृतिलाई पनि स्वीकार्य छैन कि जसरी कोभिड १९ का कारण विश्वभरका गरीबहरु रोगले भन्दा भोकले बढी मर्न परेको बेला अरब पतिहरुको सम्पत्ति बढिरहेको छ । त्यसरी नै जान्ने र पढ्न खोज्ने विद्यार्थी र अवसरबाट बञ्चित विद्यार्थीको दूरी पनि बढ्दो छ । इमान्दारीपूर्वक र पक्षपात रहित भएर पढाउँछु भन्ने सोच्दा सोच्दै पनि केही गर्न सकिएको छैन । त्यसैले अब शिक्षा सबैका लागि ‘इएफए’ होइन शिक्षा सम्भावितका लागि ‘इएफपि’ भइरहेको छ ।(लेखक पोखराको एक सामुदायिक विद्यालयमा अध्यापन गर्नुहुन्छ ।)

 

टिप्पणिहरु
Loading...