पोखरामा खुल्यो सोनालिका ट्याक्टरको शोरुम

हिमाली आवाज। पोखरामा सोनालिका ट्याक्टरको शोरुम सञ्चालनमा आएको छ ।

ईन्टरनेशनल ट्याक्टसर्् लिमिटेड ले उत्पादन गर्ने सोनालिका ट्याक्टरको गण्डकी तथा धौलागिरीको लागि आधिकारिक विक्रेताको टिटि ईन्टरनेशनल प्रालिले आफ्नो शोरुम पोखरा–९ नयाँवजारमा आजदेखी सञ्चालनमा ल्याएको छ । कम्पनीले लक्ष्मी पुजाको शुभ साइत पारेर शोरुम खोलेको हो ।

शोरुमको टि टि ईन्टरनेशनल प्रालिका कार्यकारी अध्यक्ष डिल्ली राज सुवेदी(शिशिर) ले एक समारोहकाबीच शुभारम्भ गर्दै पोखराबाट सोनालिका ब्राण्डका विभिन्न मोडेलका ट्याक्टरहरुको औपचारिक रुपमा विक्री वितरण शुरु भएको घोषणा गर्नुभयो ।

सोनालिका ब्राण्डमा २२ हर्ष पावर देखी ७५ हर्षपावरका टुडब्लुडि र फोर डब्लुडिका ट्याक्टरहरु उपलब्ध रहेका छन् । यसको मुल्य रु आठ लाखदेखी २४ लाख ७० हजारसम्म रहेको सुबेदीले जानकारी दिनुभयो ।

ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर २४ धण्टा सेवाका लागी आधुनिक सर्भिस सेन्टर तथा सम्पुर्ण स्पेयर पार्टस्हरुको समेत उपलब्धता रहेको उहाँले जानकारी दिनुुभयो ।

शोरुम शुभारम्भको दिनमा नै ६ वटा टेक्टर विक्री गर्न सफल भएको बिक्री प्रबन्धक देव राज पौडेलले जानकारी दिनुभयो । नेपालमा सबै भन्दा बढी बिक्रीहुँदै आइरहेको सोनालिका ट्याक्टरलाई गण्डकी तथा धवलागिरी मा समेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

Comments
Loading...