नेकपा सचिवालयको अर्को बैठक १० दिनपछि बस्ने, प्रधानमन्त्रीले प्रतिवेदन पेश गर्ने

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आज बालुवाटारमा बसेको सचिवालय बैठक १० दिनपछि बस्ने गरी सकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रश्तावको प्रत्युत्तरमा अर्को प्रतिवेदन पेश गर्न समयमागेपछि बैठक १० दिनपछि बस्ने गरी सहमतिमा सकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि संवाददाताहरुलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा डेढ घण्टा छलफल भएको थियो ।

Comments
Loading...