प्रधानमन्त्रीको कदमविरुद्ध पोखरामा सत्तारुढ नेकपाका युवा विद्यार्थीको प्रदर्शन

हिमाली आवाज । प्रतिनिधिसभा विगठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसका विरुद्ध आज पोखरामा सत्तारुढ नेकपाकै युवा विद्यार्थीले सडकमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ अनेरास्वीयूका विद्यार्थी र राष्ट्रिय युवा संघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको कदम प्रतिगामी र राष्ट्रहितका विरुद्धमा रहेकाले अविलम्व फिर्ता लिन माग गरेका छन् । महेन्द्रपुलमा युवा विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्दै चर्को नारावाजी समेत गरे ।

 

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्थानै नभएको संसद विगठनको सिफारिस गरेको भन्दै उनीहरुले पार्टीले अब ओलीलार्ई कारवाही गर्न माग गरे ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले प्रधानमन्त्री ओलीलाई सच्चिन पटक पटक पार्टीका वरिष्ठ नेताहरुले आग्रह गर्दा समेत नसच्चिएको र संसद विगठन गर्ने जस्ता प्रगितामी कदम चालेको बताउनुभयो । ओलीको कदमका विरुद्ध युवाहरु अव सडकमा ओर्लिएको उहाँको भनाई छ ।

विद्यार्थी नेता क्षितिज सापकोटाले भारतीय विस्तारवाद र विदेशीको इसारामामा आलेलीले लोकतन्त्रको चिरहरण गरेकाले अब ओलीलाई देशभित्र बस्ने अधिकार नभएको बताउनुभयो ।

Comments
Loading...