उन्नति सहकारीको रक्तदान,रेडक्रसलाई आर्थिक सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जनाले रगत दिएका छन् ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । विगतका वर्षमा सहकारीको वार्षिकोत्सवका अवसरमा जेठ १६ गते रक्तदान कार्यक्रम गर्ने गरिएकामा यस वर्ष कोरोनाका कारण आजमात्र कार्यक्रम गरिएको सहकारीका अध्यक्ष राजेश रानाभाटले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले वार्षिक कार्यक्रमनै बनाएर रक्तदान लगायतका कार्यक्रम गर्दै आएका छौँ । यसवर्ष कोरोनाले गर्दा ढिलाई भएपनि तोकिएको कार्यक्रम सम्पन्न गर्न पाउँद खुःशी लागेको छ ।

कार्यक्रममा सहकारीले नेपाल रेडक्रस सोसाइटीले निर्माण गर्न लागेको ब्लड बैँकका लागि रु ११ हजार १११ आर्थिक सहयोग समेत प्रदान गरेको छ । सो रकम रेडक्रसका सभापति डोलराज पाण्डेलाई सहकारीका अध्यक्ष रानाभाटले हस्तान्तरण गर्नुभएको थियो ।सभापति पाण्डेले रक्तदान लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजलाई हित गर्ने बताउनुभयो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष लेखनाथ अर्याल, सचिव रेवतिरमण भण्डारी,रक्तसञ्चारका प्राविधिक महेन्द्र केसी लगायलते रक्तदानको महत्वका बारेमा भनाई राख्नुभएको सहकारीका प्रवन्धक भगवान भट्टराई जानकारी दिनुभयो ।

 

Comments
Loading...