सिर्जना विकास केन्द्र पोखराको अध्यक्षमा इन्द्र पौडेल निर्वाचित

हिमाली आवाज । सिर्जना विकास केन्द्र पोखराको अध्यक्षमा इन्द्रप्रसाद पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थाको आज सम्पन्न २१ औँ अधिवेशनले पौडेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । केन्द्रको प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्धितीय उपाध्यक्ष कमलादेवी गिरी,महासचिव चन्द्र गिरी,सचिव विश्व श्रेष्ठ र कोषाध्यक्ष कृष्णमान ठूसाजु हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा सुशील विजुक्छे,दानबहादुर गुरुङ र अशोक श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक वीरबहादुर अधिकारीले जानकारी दिनुभयो ।

संस्थाले द्धन्द्ध पीडित बालबालिकाका लागि पोखरा–१७ मा बालगृह सञ्चालन गरेको र शिक्षा,स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा अन्य काम गर्दै आएको निर्वतमान अध्यक्ष मीनप्रसाद भट्टराईले जानकारी दिनुभयो । अधिवेशनको गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुभएको थियो ।

Comments
Loading...