सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, विप्लव भोलि सार्वजनिक हुने

काठमाडौँ । काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । लामो समय भूमिगत राजनीति गर्दै आएको विप्लव समूह सरकारसँगको सहमतिपछि खुला राजनीतिमा आउने भएको छ ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यसैबीच लामो समयदेखी भूमिगत रहनुभएका नेत्रविक्रम चन्द विप्लव भोली शुक्रबार सार्वजनिक हुनुहुने भएको छ ।
शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

Comments
Loading...