नेपालले जित्यो थ्री नेसन्स कप अन्तर्राष्ट्यि फुटबलको उपाधि, बंगलादेश पराजित

काठमाडौँ । घरेलुु मैदानमा भएको थ्री नेसन्स कप अन्तर्राष्ट्यि फुटबलको उपाधि नेपालले जितेको छ ।

सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गर्नुभयो । बंगलादेशले खेलको ८३ औं मिनेटमा गोल फर्काएको थियो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

Comments
Loading...