गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।

हिजो मंगलबार आरडिटी परिक्षण गरिएकामा उहाँको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि हिजो साँझ पिसिआर गरिएकामा आज संक्रमण पुष्टि भएको हो। हाल मुख्यमन्त्रीको स्वास्थ्य सामान्य रहेको र निवासमै आइशोलेनमा रहनुभएको बताइन्छ ।

मुख्यमन्त्री गुरुङ हिजो सभामुख नेत्रनाथ अधिकारीले बोलाउनुभएको सर्वदलिय बैठकमा सहभागि हुनुभएको थियो ।

Comments
Loading...