प्रधानमन्त्री ओलीलाई दाहालको प्रश्न : सदनमा विश्वासको मत माग्ने तपाईंसँग नैतिक अधिकार छ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले आज सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार छ ?’ भनेर प्रश्न गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सदनमा विश्वासको मतको प्रस्ताव राखेपछि प्रचण्डले सोध्नुभयो,‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पुन : प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको बताउनुभयो ।
बजेट अधिवेशन बोलाउनुपर्ने बेलामा यो अधिवेशन बोलाएर कतै संवैधानिक प्रक्रिया छल्न खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको दाहालको भनाई छ ।

प्रधानमन्त्री ओलीले रथयात्रा गरेर हजारौँ मानिसहरुलाई भेला गरेर हिँडेकाले नेपालमा कोरोना संक्रमण बढेको उहाँको भनाई छ ।

Comments
Loading...