वाइसियल अन्नपूर्ण गाउँपालिकामा प्रलाल विक,३३ सदस्सीय कमिटी गठन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को युवा संगठन वाइसियलको शुक्रवार बसेको अन्नपूर्ण गाउँपालिका भेलाले प्रलाल विकको अध्यक्षतामा ३३ सदस्यिय गाउँपालिका कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा राजु गिरी र शुशिल परियार, सचिवमा हरि अघिकारी, सहसचिवमा दिपशिखा गिरी, अजित जिसी, सविता परियार र अरुण गुरुङ, कोषाध्यक्षमा राजु सुनार चयन हुनुभयो ।

त्यस्तै उक्त भेलाले सरोज दाहाल, नविन भण्डारी, सुभाष भण्डारी, मोहन अधिकारी, मिलन विक, राजु गिरी, तुलसी गिरी, तिलक परियार, रामबहादुर भुजेल, सुर्यबहादुर विक, आशिका गिरी, धुब्र देवकोटा, विमल देवकोटा, नारायण विक, हेम विक, सन्दिप विक, ईश्वर अधिकारी, अनिल घमाल, रितिक परियार, प्ररिण थापा, दिवेश विक, राम पुन, प्रमित गुरुङ, प्रकाश गिरी र आविश्कार भण्डारीलाई सदस्यमा छनोट पनि गरेको छ ।

भेलालाई सम्बोधन गर्दै वाइसियल गण्डकी प्रदेश इञ्चार्ज विनय थापाले विगतमा गणतन्त्रको लागि बलिदानी भावनाले संघर्ष गरेजस्तै अव समाजवादी क्रान्तिको लागि पनि सोही भावनाले पुरानो विरासतलाई स्थापित गर्ने गरी योगदान गर्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा वाइसियलका जिल्ला इन्चार्ज मेखबहादुर विक, केन्द्रीय सदस्य विपिन आचार्य, जिल्ला संयोजक भोजराज पौडेल, केन्द्रीय अनुशासन आयोग सदस्य नरबहादुर पुन, पार्टीका जिल्ला सदस्यहरु गोविन्दप्रसाद अधिकारी, इन्द्रप्रसाद भण्डारी, गाउँपालिका सदस्य नविन गिरी, वाइसियल अन्नपूर्ण इञ्चार्ज रुद्र विक, गाउँपालिका सदस्यहरु वेदप्रसाद शर्मा, भेषराज पौडेल, सुर्य परियार, वाइसियल जिल्ला सदस्य जीवन देवकोटा र दीपेन्द्र गिरी, विद्यार्थी नेता शरण विकले लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना दिनुभयो ।

उहाँहरुले यवाहरु सधै गतिशिल हुनुपर्ने, विकास निर्माणलाई पनि ध्यान दिनुपर्ने, वाईसियललाई जनताको सारथि बनाउनुपर्ने, कुरीति र विभेद अन्त्यका लागि भुमिका खेल्नुपर्ने लगायत धारण राख्नुभएको थियो ।

 

 

Comments
Loading...