मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको अध्यक्षमा उपाध्याय

हिमाली आवाज । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको बुधवार सम्पन्न तेस्रो अधिवेशनले पुनः कोविदशरण उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। योसँगै उपाध्याय तेस्रो कार्यकालका लागि पनि संस्थाको जिम्मेवारीमा पुग्नुभएको हो ।

अधिवेशनले विष्णु बास्तोलालाई वरिष्ठ उपाध्यक्ष, विष्णुकुमारी श्रेष्ठलाई उपाध्यक्ष, रमा त्रिपाठीलाई महासचिव, राधाकृष्ण पौडेल(धम्रेन्द्र)लाई सचिव तथा गोविन्द पौडेललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।

यसैगरी राधा पौडेल, कृष्णकुमारी त्रिपाठी, लक्ष्मण ढुङगाना, जीवन सुनार र नारायण देवकोटालाई सदस्य तथा श्रीभद्र पौडेललाई मिडिया संयोजक तोकिएको छ ।दुई सदस्य पछि मनोनित गर्ने जनाइएको छ ।

हेमजाका समाजसेवी भीमप्रसाद श्रेष्ठ संयोजक तथा अधिवक्ता माधवशरण बास्तोला र शिक्षासेवी केशवशरण पौडेल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो।

अधिवेशनकै बीच महासचिव श्रीभद्र पौडेलले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राधा पौडेलद्वारा प्रस्तुत वार्षिक आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो।

Comments
Loading...