पोखरा वडा नं १८ को वडाध्यक्षमा तीन मतले काँग्रेसका तिमिल्सिना विजयी

हिमाली आवाज । स्थानीय तह निर्वाचन अन्तर्गत पोखरामा जारी मतगणनामा पोखरा महानगरपालिका वडा नं १८ को वडाध्यक्षमा नेपाली काँग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतको अन्तरले विजयी हुनुभएको छ ।

विजयी तिमिल्सिनाले एक हजार ६४३ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी नेकपा(एमाले)का पुस्कलबहादुर थापाले एक हजार ६४० मत प्राप्त गर्नुभयो ।

यसैगरी नेकपा(माओवादी केन्द्र)का राजुप्रसाद तिमिल्सिनाले ७०२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएपनि बाँकी चार सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

Comments
Loading...