हिमाली आवाज । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त हुनुभएको छ ।सो पार्टीको आज बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको सचिव भानु ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको बैठकले पालिखेलाई प्रवक्तामा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।गत मंसिरमा सम्पन्न जिल्ला अधिवेशनबाट पालिखे सदस्यमा निर्वाचित हुनुभएको थियो ।