एमालेलाई राष्ट्रपति दिए वर्वाद हुन्छ : अध्यक्ष नेपाल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रपति एमालेलाई दिन नहुने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपतिको निर्वाचनमा सकेसम्म सबैको सहमति,नभएपनि अधिकाँसको सहमतिको विन्दु खोजी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“सभामुख एमालेको छ, राष्ट्रिय सभा अध्यक्ष एमालेको छ । राष्ट्रपति पनि दिने हो भने त बर्वाद भइहाल्छ नि ।”
राष्ट्रपतिमा सन्तुलन मिलाउन सक्दा गलत प्रवृत्ति जन्मन र हुर्किन नपाउने बताउँदै अध्यक्ष नेपालले संविधान, परिर्वतनको रक्षा गर्न सक्ने र सवैलाई स्वीकार्य व्यक्तिलाई राष्ट्रपतिलाई बनाउनुपर्ने धारणा राख्नुभयो ।

देशमा प्रतिगमनको खतरा देखिएको बताउँदै उहाँले परिर्वतन र अग्रगमनको पक्षमा उभिनेहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले अहिलेको गठबन्धन गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,“प्रतिगमनको दिशातर्फको यात्रा मेची नदी किनारमा हामी सबैले देखिसकेका छौँ, । सबै सजग बनौँ, सतर्क बनौँ । अग्रमनको पक्षमा उभिनेहरु एकतावद्ध बनौँ, प्रतिगमन नेपालमा सम्भव छैन ।”

Comments
Loading...