ताल बाराही मन्दिर पुननिर्माणका लागि क्षमा पूजा

गणेश पहारी । हिमाली आवाज । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पूजा गरिएको छ ।

सोमबार र मंगलबार गरी दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पूजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताउनुभयो । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछि मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुनः निर्माणमा जुटेको हो ।

तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघ्नबाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उदेश्यले पूजा गरिएको पंन्डित बिश्वेश्वर पोडेलले बताउनुभयो । आउँदो १७ गते देखि मन्दिरमा स्थापित प्रतिमुर्तिमा भक्तजनहरुले पूजा अर्चना गर्ने र नित्य पुजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाध्यक्ष जुना अधिकारी बताउनुभयो ।

मन्दिर पुर्ननिर्माणका लागि करिब रु एक करोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पचिस लाख मात्र सहयोग दिने आश्वासन आएकोले बाकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाउनुभयो ।

 

Comments
Loading...