आर्वा बहुउद्धेश्शीय सहकारीले मनायो पहिलो वार्षिकोत्सव

हिमाली आवाज । पोखरा १३ आर्वा स्थित सुनडाँडामा सञ्चालित आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि ,ले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ।

संस्थाले स्थापनाको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमहरु अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १३ का वडा अध्यक्ष किरण बरालले पहिलो रक्तदाता बुद्धिराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम को शुभारम्भ गर्नुभयो ।

सो अवसरमा वडा अध्यक्ष बरालले सहकारी स्थापनाको पहिलो वर्षमा नै उल्लेख्य सामाजिक कार्यहरु गरेकोमा संस्थालाई धन्यवाद दिँदै सहकारी संस्थाहरु संग मिलेर सामाजिक तथा बिकाश निर्माणका कामहरुमा समेत वडा कार्यालय समन्वयगरी अगाडी बढ्न चाहेको बताउनुभयो ।रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा सहकारीका कोषाध्यक्ष श्रीनाथ वाग्लेले जानकारी दिनुभयो ।

आर्वा बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष नवीन बरालको अध्यक्षतामा भयको कार्यक्रममा जलेश्वर सर्वहित समाजका अध्यक्ष भीम बहादुर बराल, नवदुर्गा टोल बिकाश संस्थाका अध्यक्ष सुर्यप्रसाद बराल , सुनडाडा टोल बिकाश संस्थाका अध्यक्ष शम्भु बहादुर बराल, समाजसेवी अमरराज बराल, संस्थाकी सदस्य बिन्दु बराल लगायतले रक्तदानको महत्वका विविध बिषयमा प्रकाश पार्नुभयो ।संस्थाका सचिव सोभित बरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष बुद्धि बरालले गर्नुभयो।

Comments
Loading...