मर्दीको कोप्रे भीरमा ‘हनि हन्टिङ’(फोटो फिचर)

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न ९ स्थित मर्दी खोलाको मुहान क्षेत्रमापर्ने कोप्रे भिरमा ‘हनि हन्टिङ’ गरिएको छ ।
सिधिङ युनाइटेड क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा यही जेठ २८ र २९ गते दुई दिन भीर मौरीको मह काट्ने कार्यक्रम सम्पनन भएको हो ।

हनि हन्टिङका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्धेश्यले कार्यक्रम गरिएको माछापुच्छे« ९ का वडाध्यक्ष हरि बहादुर क्षेत्री (राजेन्द्र)ले बताउनुभयो ।काप्रे भीरमा मौरीका धेरै घारहरु रहेका छन् । विगतमा वर्षका तुलनामा मौरीको घारको संख्या बढेको स्थानीयले बताएका छन्।

हनि हन्टिङका लागि स्थानीयहरुको उत्साहजनक सहभागिता थियो । मह काढ्ने कार्यक्रम अघि पूजाआजा समेत गरिएको थियो ।
वडाध्यक्ष क्षेत्रीका अनुसार भीरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसलाईनै निरन्तरता दिइएको हो ।

उहाँले भन्नुभयो,“भीरमा झुण्डिएर मह काटेको नयाँ पुस्ताका लागि नौलो हुनेछ । मर्दी हिमाल ट्रेक तथा माछापुच्छ्रे नमुना पैदल मार्गको सगंम स्थान रहेको महभीरमापदमार्गमा आउने पर्यटकका लागि समेत नयाँ गन्तव्य हुनसक्ने देखिएको छ ।”

सो क्षेत्रमा वर्षौअघिदेखी मह काढ्ने गरिएको छ । अघिल्लो वर्षसम्म अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले मह काढ्नका लागि बोलपत्र आह्वान गर्ने गरेको थियो । स्थानीयवासी मिलेर राजश्व तिरेर मह काढ्ने गर्दथे । यसवर्षदेखी भने वडालेनै मह काढ्ने कार्यको नेतृत्व लिएको हो । कोप्रे भीरसम्म जानका लागि वाटोको स्तरोन्नतिका लागि बडाले बजेट विनियोजन गरेको थियो ।

काप्रेभीरमा मह निकाल्ने काम ६६ वर्षीय उमानाथ गौतमले गर्नुभयो । उहाँलाई अन्य पाँच स्थानीय युवाले साथ दिएका थिए ।

Comments
Loading...