हिमाली आवाज । बेगनास तालमा आज एक युवक मृत फेला परेका छन् । आज साँझ अन्दाजी १७ः४५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.३१ अलैची कुना स्थित बेगनास तालमा उत्तानो तैरिएको अवस्थामा शव फेला परेको हो ।

युवकले साथमा रहेको कालो झोला भित्र रहेको नागरिकता अनुसार प्युठान मलरानी गाउँपालिका वडा नं.४ बस्ने २२ वर्षीय अनिस श्रेष्ठ रहेको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थल मुचुल्का पश्चात् शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको जनाएको छ । तालमा शव रहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको उद्धार टोलीले तालबाट शब बाहिर निकाले थियो ।