सगरमाथाकी अनुष्का एशियसन एथलेटिक्स खेल्न हङकङ जाँदैै

हिमाली आवाज । पोखराको सगरमाथा मा.वि. कक्षा ११ मा अध्ययनरत छात्रा अनुष्का अधिकारी एशियन एथलेटिक्स च्याम्पियनसिप खेल्न हङकङ जाने हुनुभएको छ ।
हङकङमा यही जेठ १४ देखी १७ गतेसम्म हुन गईरहेको अन्तराष्ट्रिय स्तरको २० वर्षमूनिको एथलेटिक्स खेलकुदमा अनुष्काले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नुहुनेछ ।
नेपालमा भएको राष्ट्रिय स्तरको एथलेटिक्स प्रतिस्पर्धामा १०० र २०० मिटरको दौडमा अधिकारीले स्वर्ण पदक हासिल गरी राष्ट्रिय उत्कृष्ट एथलेटिक्स खेलाडी घोषित हुनुभएको थियो ।
सगरमाथाले आज एक कार्यक्रम गरी अनुष्कालाई बधाई ज्ञापन गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफलताको शुभकामना व्यक्त गरेको छ । विद्यालयका संस्थापक प्राचार्य धन बहादुर थापाले अन्तराष्ट्रिय स्तरको सो प्रतिस्प्रधामा अनुष्काले उत्कृष्ट प्रर्दशन गर्दै नेपालको छवी अन्तराष्ट्रिय स्तरमा अझ सबल र सफल बनाउने विश्वास व्यक्त गर्नुभयो ।
“अनुष्काले राष्ट्रियस्तरमा धेरै सफलता प्राप्त गरेकी छन् । यसबाट हाम्रो विद्यालयले गौरवान्ति छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सफलता प्राप्त गरेर देशको नाम चिनाउन सफल हुने विश्वास गरेका छौँ । ” प्राचार्य थापाले भन्नुभयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको १० औँ पोखरा स्पोर्टस् अवाडर्मा समेत अनुष्का उदीयमान खेलाडीको मनोनयनमा पर्नुभएको थियो ।

Comments
Loading...