पोखरा पर्वतीय दौडमा सुदुरपश्चिमका नरेन्द्र च्याम्पियन

हिमाली आवाज ।  पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदुरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् ।

पोखरा–२२ पुम्दी–भुम्दीमा आयोजित प्रतियोगितामा निर्धारित आठ किमी दूरी उनले ३४ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपाधि रक्षा गर्न सफल भए । बैतडीका रावतले अघिल्लो संस्करणको उपाधि समेत जितेका थिए ।

च्याम्पियन नरेन्द्रले उपाधिसहित नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यसैगरी गौतम श्रेष्ठले निर्धारित दूरी ३५ मिनेट १६ सेकेण्डमा पूरा गरे । उनले रु ३० हजार पुरस्कार पाए ।

यसैगरी निरज भट्ट क्षेत्रीले ३५ मिनेट २९ सेकेण्डमा दौड पूरा गरेर तृतीय बने । उनले रु १५ हजार पुरस्कार पाए ।

महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम हुन सफल भइन् । उनले निर्धारित आठ किमी दूरी ४८ मिनेट १३ सेकेण्डमा पार गरेकी थिइन् । पहिलो सहभागितामा उपाधि विजेता उनले नगद रु १५ हजार प्राप्त गरिन् ।

दोरपता कठायतले ५० मिनेट २० सेकेण्ड समय लगाइन् र द्धितीय बन्दै रु सात हजार पुरस्कार पाइन् । मीनु बुढाले ५१ मिनेट १३ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भइन् र रु पाँच हजार पुरस्कार पाइन् ।

यू–१६ तर्फ कमल बिक प्रथम, मुलुक सिंह खत्री द्धितीय र सक्षम बोहोरा तृतीइ भए । पोखरा–२२ वडाअन्तर्गत क्रिशल परियार प्रथम भए । सुयन बिकले द्धितीय स्थान बनाउँदा कमल पौडेल तृतीय भए ।

भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम हुन सफल भए । किशोर थापा द्धितीय र कमल गुरुङ तृतीय बने ।विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रसियाका अलेकजेण्डर दोस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, द्धितीय र तृतीयले क्रमश रु  १५हजार, , रु १० हजार रु सात हजार नगदका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाए ।पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित दौड विश्व शान्ति स्तूपदेखि सुरु भएर विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर समापन भएको हो ।

पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित उक्त दौड विश्व शान्ति स्तूपदेखि विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर समापन भएको हो । विजयीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा २२ का वडाअध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकिय अधिकृत, राजन पौडेल, गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टंक प्रसाद ढकाल, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका शसस्त्र प्रहरी नायव महानिरिक्षक (डिआईजी) प्रवीण कँडेल, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतम, पर्यटन बोर्डका वरिष्ठ कार्यक्रम अधिकृत युवराज गुरुङ, पोखरा महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया, पोखरा पर्यटन परिषद् अध्यक्ष हरि भुजेल, परिषद्का पूर्व अध्यक्ष एवं पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकीका अध्यक्ष संगीता पौडेल, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पुम्दीकोट कोट विकास समितिका अध्यक्ष तथा उद्योगपति चन्द्रकान्त बराल, होम स्टे महासंघ नेपालका उपाध्यक्ष प्रकाश गुरुङ, हिमश्री फुड्स प्रा.लि.का प्रशासन प्रमुख बम बराल लगायतले पुरस्कार वितरण गनुभएको थियो ।

सोही पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो । गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

समापन समारोहका प्रमुख अतिथि मेयर आचार्यले पर्यटकीय राजधानी पोखराको खेलकुद तथा पर्यटन विकासमा यसप्रकारका इभेन्टले सघाउ पुग्ने भन्दै महानगरले पनि सहयोग गर्दै जाने बताउनुभयो ।  उक्त कार्यक्रम कम्तिमा ५ बर्षसम्म क्यालेण्डरमै फिक्स गर्न आयोजकलाई सुझाव दिनुभयो ।

त्यसअघि, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले विश्व शान्ति स्तूपमा आयोजित उद्घाटन समारोहमा दौडको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले यस्ता प्रतियोगिताले गाउँ पर्यटन र खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धर सहितका अतिथिको सहभागिता रहेको थियो ।

प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतम र संचालन पर्यटनविज्ञ दीपेन्द्र पहारीले गर्नुभयो ।  ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नारालाई आत्मसात् गर्दै आयोजकले विश्व पर्यटन दिवस सन्दर्भ पारेर प्रतियोगितालाई निरन्तरता दिएको हो । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य रहेको थियो ।

Comments
Loading...