लघुवित्तलाई  मर्जमा जान राष्ट्र बैँकको निर्देशन 

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा जान निर्देशन दिएको छ ।

मंगलबार राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको निर्देशन-२०७६ मा संशोधन/परिमार्जन थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको छ ।

‘एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व/नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका संस्थाहरुलाई एक आपसमा गाभ्न/गाभिन निर्देशन दिइने छ,’ निर्देशिकामा भनिएको छ ।

राष्ट्र बैंकले शुरुमा प्रोत्साहित मर्जरमा जाने समय दिने र त्यो समयमा मर्ज नहुने संस्थालाई नामै तोकेर मर्जरमा जान निर्देशन दिने राष्ट्र बैंकका एक अधिकारीले भने ।

Comments
Loading...