वन्यजन्तुको आक्रमणमा परी गण्डकी प्रदेशमा ११ जनाको मृत्यु

पोखरा,१६ साउन । मानव वन्यजन्तु द्धन्द्धका क्रममा गण्डकी प्रदेशमा गएका दुई वर्षमा ११ जनाको मृत्यु भएको छ । त्यसरी मृत्यु हुनेमा तनहुँमामात्रै नौ तथा कास्की र बाग्लुङमा एक÷एक जना छन् ।

वन्यजन्तुुको आक्रमणमा परी यस अवधिमा २४ जना घाइते भएको सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले जनाएको छ । सबैभन्दा बढी तनहुँमा ११ तथा पर्वतमा पाँच, नवलपुर, कास्की,स्याङ्जा र लमजुङमा दुई÷दुई जना छन् ।

महासङ्घका अनुसार चितुवा÷बाघ लगायतका वन्यजन्तुको आक्रमणबाट कास्कीमा ५०, स्याङ्जामा ३६५, गोर्खामा २५७, बाग्लुङमा १२, मुस्ताङमा २३९,म्याग्दीमा ५५, लमजुङमा १० तथा पर्वतमा ८२ पशु चौपायाको मृत्यु भएको छ ।

महासङ्घले बिहीबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासङ्घका अध्यक्ष कालीदास सुबेदीले सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका,२०६९ लाई विसं २०७४ मा संशोधन गरी लागू गरेको र मानवीय क्षति, पशुधन, भण्डारण गरेको अन्न, घर÷गोठ र खाद्यान्न बालीको क्षतिमा राहत उपलव्ध गराउन शुरु गरेको जानकारी दिए ।

मानविय क्षतिमा मृतकको आश्रित परिवार वा हकवालाका लागि रु दश लाख, सख्त घाइते भएकमा चिकित्सकको सिफारिसका आधारमा बढीमा रु दुई लाख तथा सामान्य घाइतेलाई औषधोपचारका लागि बढीमा रु २० हजार डिभिजन वन कार्यालयबाट उपलव्ध गराउँदै आइएको महासङ्घले जनाएको छ ।

त्यसैगरी पशुधन क्षति भएमा बस्तुभाउको प्रकारहेरी रु १० हजारदेखी अधिकतम रु ३० हजार, घरगोठमा रु १० हजार तथा अन्न भण्डारको क्षतिमा मुल्याङ्कन गरी बढीमा रु १० हजार र खाद्यान्न बालीको समेत प्रकृति हेरी रु १० हजार राहत उपलव्ध गराउने निर्देशिकामा व्यवस्था छ ।
महासङ्घले निर्देशिकाका बारेमा समुदायस्तरमा घनिभुत छलफल गराइ राहत उपलव्ध गराउनका लागि डिभिजन वन कार्यालयहरुसँग समन्वय गरिरहेको र बाँदरबाट भएको क्षतिको सम्वन्धमा निर्देशिकामा केही पनि व्यवस्था नरहेकाले त्यसको संशोधन गरी राहतका लागि माग गरिएको उनको भनाई छ ।

प्रदेशका नवलपरासी,मनाङ र मुस्ताङ बाहेका अन्य आठ जिल्लामा बाँदरले कृषकको खाद्यबालीमा क्षति पु¥याउदै आएका पीडित कृषकलाई राहतको व्यवस्था गर्न माग गरिएको छ ।

महासङ्घका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले गण्डकी प्रदेशमा तीन हजार ८०३ सामुदायिक वन रहेको र महासङ्घले वनको दीगो व्यवस्थापन र उपयोगका माध्यमबाट जीवीकोपार्जन र गरीबी न्यूनीकरणका कार्यक्रममा सघाउ पु¥याउदै आएको बताए ।

Comments
Loading...