लागुऔषध मुद्धाका फरार प्रतिवादी लेकसाइडबाट पक्राउ

पोखरा,४ भदौ । प्रहरीले आज लागुऔषध मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१९ पुरुनचौर घर भई हाल पोखरा लेकसाईड बस्ने २४ वर्षीय आश्विन बास्तोलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लेकसाईस्थित एक रेष्टरेन्टबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

विसं २०७६ मङ्सिर २४ गते लागूऔषध मुद्धामा जिल्ला अदालतको फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना तथा जिल्ला अदालतकै विसं २०७६ कात्तिक ६ गतेको फैसलाले रु २२ हजार रुपैयाँ जरिवाना र आठ महिना कैद लगत लागि हाल सम्म फरार उनी फरार रहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...