देशभर ८३८ मा संक्रमण पुष्टि,११ को मृत्यु

पोखरा,५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ८३८ जना कोरोना संक्रमित थपिएका छ् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यसँगै संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । त्यसैगरी २४ घण्टाभित्रमा देशभर कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।

। मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका एक एक जना गरी ११ जनाको मृत्यु भएको जनाइएको छ । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

Comments
Loading...