जनपत्रकार शहीद पहारीको पोखरामा स्मृतिसभा

हिमाली आवाज । जनपत्रकार शहीद महेश पहारीको २२ औ स्मृति दिवस आज पोखरामा मनाइएको छ । पहारीको बुद्धचोकस्थित घरमा शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरिएको हो ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता हरि अधिकारी(कुमार)ले शहीद,घाइते तथा बेपत्ता योद्धाहरुको योगदानका कारण देशमा ठूलो राजनीतिक परिर्वतन भएको बताउनुभयो । सहिद पत्नी दुर्गा पहारीले सहिद परिवारलाई उपेक्षा गर्ने गरिएको गुनासो गर्नुभयो ।

नेकपा पोखरा महानगरपालिका वडा कमिटी १० ले आयोजना गरेको कार्यक्रममा नेकपाका  नेता एवं संविधानसभा सदस्य राजकाजी गुरुङ, कास्की जिल्लाका कार्यवाहक इन्चार्ज रामजीप्रसाद बराल, संविधानसभा सदस्य तेजकुमारी पौडेल, दुर्गा विक लगायतको उपस्थिति थियो । वडा कमिटीका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूर्यप्रकाश तिवारीले गर्नुभएको थियो ।

पोखराबाट प्रकाशित हुने तत्कालीन स्वाभिमान साप्ताहिकमा आवद्ध पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको ल्वाङघलेलबाट गिरफ्तार गरी कारागार चलान गरेकामा उहाको विसं २०६२ मा असोज १८ गते निधन भएको थियो ।

Comments
Loading...