संक्रमण देखिएकालाई अपमानित वा घृणित व्यवहार प्रदर्शित नगरौँ : अध्यक्ष पोखरेल

पोखरा,९ भदौ । युवा व्यवसायी ,उद्यमी एवं नेपाल लघुवित्त संघका केन्द्रीय अध्यक्ष जगत बहादुर पोखरेलले कोरोना संक्रमितलाई अपमानित र घृणित व्यवहार नगर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको संक्रमणवाट जोगिने सवैभन्दा प्रभावकारी उपाय भनेको स्वयंले नै विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उनले यसको संक्रमण देखिनुलाई हिनता वा अपमानित ढंगले नलिन र त्यस्तो विभेदपूर्ण व्यवहार कसै प्रति सबैमा विशेष अनुरोध समेत गरेका छन् । आज एक अपिल प्रकाशित गर्दै पोखरेलले कोरोना औषधीको सर्वसुलभता भै–नसक्दासम्म सबैले सावधानीका उपायको अवलम्वन गर्नुको विकल्प नभएको समेत जनाएका छन् ।

अध्यक्ष पोखरेलद्धारा जारी अपिल यसप्रकार छ ।
आदरणीय आमा–बुबा, दिदी– बहिनी तथा दाजु –भाईहरु सम्पूर्णमा नमस्कार ।
अहिले विश्व कोभिड–१९ भाइरसको महामारीसँग जुधिरहेको छ । यसको कहरले विश्वका हरेक देश र त्यहाँका जनतालाई असर पु¥याइरहेको छ । विश्व शक्ति राष्ट्रहरु कोरोना विरुद्वको औषधी(खोप)को खोजमा सक्रिय रहेका छन् । आशा गरौं जति सक्दो छिटो औषधीको खोज, त्यसको प्रमाणिकरण र सफल प्रयोग पछि विश्वभरनै त्यसको सर्वसुलभता हुन सकोस् ।

औषधीको सर्वसुलभता भै–नसक्दासम्म हामी सबैले गर्न सक्ने भनेको सावधानीका उपायको अवलम्वन नै हो । कोरोनाको कहरले नेपाल पनि अछुतो छैन । देशका सवै जसो जिल्लामा कोरोना संक्रमण देखिएको छ । केन्द्र, प्रदेश हुँदै स्थानीय सरकारहरु विभिन्न खालको बन्दाबन्दी, भिडभाड हुने खालका विभिन्न गतिविधिमा रोक लगाउने लगायतका अनेक उपायको अवलम्वन गरी संक्रमण फैलन नदिन प्रयासरत रहेको देखिन्छ ।

पछिल्लो समय रुपन्देहीको बुटवल तथा आसपासका नगर र गाउँपालिकाहरुमा समेत कोरोना संक्रमण भएका विवरणहरु सार्वजनिक भएका छन् । यसले गर्दा अझै सावधानी अपनाउनुपर्ने आवश्यकता बढेको छ ।
आदरणीय आमा–बुबा, दिदि – बहिनी तथा दाजु– भाईहरु ।
बुटवल उप महानगरपालिकामा पनि केही संक्रमणका घटनाहरु बाहिर आएको छ । यसलाई समुदाय स्तरमा फैलन नदिन विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । र हामी सबैको साझा प्रयासले मात्रै हामी सबै यसवाट सुरक्षित रहन सक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारले जारी गरेका नियम तथा कानुनको स्वपालनमा तपाई हामी सबै गम्भिर बन्न जरुरी छ । सँग सँगै नगरवासीको दैनिकीलाई ख्याल गरी उहाँहरुको जीवन यापनमा समेत असर नपर्ने गरी सुरक्षाको पर्याप्त प्रबन्ध गर्न पनि म स्थानीय सरकार, बुटवल उपमहानगरपालिकासँग विशेष आग्रह गर्न चाहन्छु ।

कोरोना भाइरसको संक्रमणवाट जोगिने सवैभन्दा प्रभावकारी उपाय भनेको स्वयंले नै विशेष सावधानी अपनाउनु हो । तर यसको संक्रमण देखिनुलाई हिनता वा अपमानित ढंगले नलिन र त्यस्तो विभेदपूर्ण व्यवहार कसै प्रति पनि नगर्न म सबैमा अनुरोध गर्न चाहन्छु । सबै यसको संक्रमण वाट जोगिन प्रयासरत् रहेका छन् । कसैले पनि जानाजान यसको संक्रमण आफू र आफ्नो परिवारमा होस् भन्ने चाहेका हुँदैनन् । तसर्थ संक्रमण देखिएकालाई अपमानित वा घृणित खालको व्यवहार प्रदर्शित नगरी बरु उहाँहरुको आत्मबल बढाउन सहयोगी भूमिका निभाउन सबैमा विशेष आग्रह गर्दछु । संक्रमण देखिएका व्यक्तिहरुले पनि संक्रमण भएको नलुकाई विश्व स्वास्थ्य संगठन लगायतवाट तय गरिएका मापदण्डलाई पालना गरी असल नागरिकको परिचय दिनुहुन पनि मेरो आग्रह छ ।

सकभर घरमै बस्ने, घर बाहिर निस्कनै परेमा मास्कको प्रयोग अनिवार्य गर्ने, भौतिक दुरी कायम गर्ने, आफ्नै साथी भाई, नातागोता नै भएपनि घर बाहिर भेट्दा मास्कको प्रयोगमा जोड दिने, नियमित रुपमा साबुन पानीले हात धुने, शंका लागे परिक्षण गर्ने र घरमै आइसोलेसनमा बस्ने, थप समस्या परे अस्पतालमा उपचारका लागि जाने, भिडभाडमा नजाने र स्वयंले पनि त्यस्तो भिडभाड हुने खालका कार्यक्रम आयोजना नगर्ने जस्ता पक्षलाई विशेष ध्यान दिई व्यवहारिक कार्यन्वयनमा लैजान म सबैमा अपिल गर्न चाहन्छु । सरकारले समेत आवश्यक क्वारेन्टाइन, उपचार सेवा, अत्यावश्यक वस्तुको उपलब्धता र व्यवस्थामा जोड दिई केही राहतको प्याकेज ल्याएर जनतालाई सहजताको अनुभूति दिलाउनुपर्ने आवश्यकता देखिएको छ ।

अन्त्यमा, आफ्नो सुरक्षालाई भन्दा तपाई हामी सबैको सुरक्षाका लागि दिन रात खटिरहनुभएका स्वास्थ्य सेवासँग सम्बन्धित सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । तपाई हामीले उहाँहरुलाई चोट पु¥याउने खालका गतिविधि गर्ने नभई उहाँहरुलाई झन् यस्ता मानवीय सेवामा अहोरात्र खट्नका लागि प्रोत्साहन गर्नुपर्ने खाँचो छ । सँग सँगै कोरोनाको कहरका बीचमा पनि अन्य रोगका बिरामीको उपचार समेत प्रभावित नहुने तर्फ सम्बन्धित सबैको ध्यान पुग्नु आवश्यक छ ।

साथै, कोरोनाको महामारीका बीच निरन्तर सामाजिक जागरणका निम्ति खटिरहनुभएका पत्रकार मित्रहरु, कर्मचारी वर्ग, सुरक्षाकर्मीहरु, कठिनाई बीच पनि समुदायको हितमा सक्रिय उद्योगी–व्यवसायी मित्रहरु एवं विभिन्न तह तप्कावाट योगदान पु¥याउनुभएका सबैप्रति सम्मान व्यक्त गर्दछु ।

आफू पनि सुरक्षित रहौं । समुदायलाई पनि सुरक्षित राखौं ।

धन्यवाद ।

जगत बहादुर पोखरेल
बुटवल, रुपन्देही, नेपाल

Comments
Loading...