बेपत्ता गिरीको एक महिनापछि कंकाल फेला

पोखरा,१९ साउन । गत असार १८ गतदेखी वेपत्ता स्याñजाका एक युवाको कंकाल फेला परेको छ ।

ना ४० प ३७२० नं को बुलेट बाईकमा घरबाट पोखरा तर्फ आउने क्रममा स्याङ्जा चापाकोट नगरपालिका —५ सेखाम बस्ने वर्ष १९का पंकज गिरी उक्त मोटरसाईकलसंगै हराएकोमा आज उनको कंकाल फेदीखोला —२ भालु पहाड सिद्धार्थ राजमार्गबाट अन्दाजी ४०० मिटर तल सेती खोलाको खोचमा फेला परेको प्रहरीले जनाएको छ ।

हिजो सो नम्बरको मोटरसाईकलको हुलियासंग मेल खाने, नम्वर प्लेट नभएको बुलेट बाईक फेदीखोला भालु पहाड सिद्धार्थ राजमार्गबाट अन्दाजी ४०० मिटर तल सेतीखोलाको खोचमा माछा मार्ने मानिसहरुले देखी खबर गरेपछि सो स्थानमा प्रहरीले खोजतलास शुरु गरेको थियो ।

खोजतलास गर्ने क्रममा मोटरसाईकल फेला परेको स्थान भन्दा अन्दाजी ३० मिटर माथि पहाडको झ्याङमा कपडा सहितको कंकाल फेला परेको र मृतकको शव आफन्तहरुद्वारा पहिचान भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...