भिजन लुम्विनीको सामाजिक उत्तरदायित्व : सरसफाई सामग्री वितरण, भुर्जुङखोला बजार सफाई

पोखरा,२४ साउन । शनिबार विहान सिमसिम पानी परिरहेको थियो । कोरोना कहर तथा लगातार पानी परिरहेकाले माछापुच्छ«े–२ सार्दिखोलावासी समेत घरमा थिए । वडाका विभिन्न टोल, मुख्य सडक तथा भित्री सडकमा भने केही मानिस झरीको प्रवाह नगरी सफाइमा जुटेका थिए ।

सोही वडामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ गरेको थियो ।

सरसफाई कार्यक्रमपछि वडा कार्यालयलाई ४५ थान डस्टविन हस्तान्तरण गरिएको थियो । वडा नं २ का वडाध्यक्ष विक्रम गुुरुङलाई प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले वडामा रहेका टोल विकास संस्थाकाहरुका लागि ४५ थान डस्टविन हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष गुरुङले वडालाई सफा र स्वच्छ राख्ने काममा प्राप्त डस्वीनबाट सहयोग पुग्ने बताउँदै विगतमा हाइड्रोलाई जनताले विश्वास नगरेको र हाउगुजीको रुपमा लिएपनि अहिले वडावासीहरु भिजन लुम्विनी उर्जा कम्पनीसँग मिलेर सँगसँगै काम गरिरहेको बताए ।

वडाको सामाजिक,आर्थिक र भौतिक विकासमा जलविद्युत कम्पनी संलग्न हुनुपर्र्दछ भनेर आवाज उठाएकामा हाल प्रालिले विभिन्न सहयोग गर्दै आएको वडाध्यक्ष गुरुङको भनाई छ ।

प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाको सिभिलतर्फको निर्माण कम्पनी छनोट भएर काम शुरु भइरहेको जानकारी दिए । छिट्टै हाइड्रो मेकानिकल,इलेक्ट्रोमेकानिकल्स लगायतको काम समेत शुरु हुने उनले बताए ।

“यहाँका स्थानीयवासी,वडा कार्यालय तथा गाउँपालिकाको तर्फबाट हामीलाई जसरी काममा सहयोग प्राप्त भएको छ, यसबाट हामी अत्यन्त उत्साहित भएका छौँ ।”अध्यक्ष पोखरेलले भने,“सबैक्षेत्रबाट प्राप्त सहयोगले न्यूनतम लागतमा तोकिएको समयभित्रमै आयोजना सम्पन्न गछौँ।”

सामाजिक उत्तर दायित्व लगायत वडासँग भएका १४ बुँदै सहमति कार्यान्वयनमा आफूहरु प्रतिवद्ध रहेको पोखरलले स्पष्ट पारे ।

परियोजना प्रमुख इन्जिीनियर लेखनाथ पाण्डेले काम महत्वपूर्ण रहेको र काममा आफूहरु लागि परेको बताउँदै डकुपेन्टेसनका सम्पूर्ण काम पूरा भएको र पाइला पाइलामा स्थानीयवासी,जनप्रतिनिधिबाट सहयोग प्राप्त भएको बताए । आयोजनाबाट आर्जनसँगै विकासलाई समेतसँगसँगै लगिएको उनको भनाई छ ।

आयोजनाको डिजाइन कम्पनी हाइड्रो कन्सल्ट्यान्ट इन्जिीनियरिङ डिजाइन डिभिजन प्रमुख श्यामप्रसाद भुसालले विभिन्न कागजी प्रक्रिया पूरा गरेर गत असार १ गतेदेखी आयोजनाले जेनेरेशन लाइसेन्स प्राप्त गरेको बताउँदै तोकिएकै मितिमा काम सम्पन्न गर्न कुनै समस्या नरहेको बताए ।

रसुवा लुना जेभीका माधव आचार्यले आगामी भदौ १५ बाट आयोजनाको काम पूर्ण क्षमतामा शुरु हुने जानकारी दिँदै गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

आयोजना सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीयवासीको उत्साहजनक सहभागिताबाट आयोजनाको निर्माण कार्य भइरहेको र अन्य आयोजनाको तुलनामा यसमा लागत कम हुने र समयै सम्पन्न हुनेमा विश्वस्त रहेको बताए। उनले आयोजनालाई आवश्यक पर्ने ८० प्रतिशत जमिन प्राप्त भइसकेको समेत जनाए ।

सार्दिखोला स्वास्थ्य चौकीका इन्चार्ज अनिता घिमिरले कोभिड–१९ का महामारीका बेला आयोजनाबाट प्राप्त स्वास्थ्य सामग्रीले सहयोगले काममा खटिन ठूलो राहत मिलेको बताइन् ।

सेती नदी जलविद्यूत आयोजनाको काम गत वैशाख अन्तिम सातादेखी भइरहेको छ । भराभरीमा आयोजनाको बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत गृहमा १८७ मिटर उचाइबाट खसालिने छ ।

आयोजनाबाट उत्पादित विद्युत चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ ।

आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्व २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो ।

पहिलो चरणमा एप्रोच कल्भर्ड र पानी थिग्राउने पोखरी(सेटलिङ बेसिन) को निर्माण कार्य जारी रहेको छ । रु पाँच अर्व लागतमा आगामी २७ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी काम भइरहेको हो ।

Comments
Loading...