देशभर ४६८ जनामा कोरोना संक्रमित थपिए

काठमाडौँ,३१ साउन। आज देशभर ४६८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकाका ९८ जना सहित देशभर संक्रमित थपिएको बताए ।
पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।

प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो ।

Comments
Loading...