गण्डकीका एक सांसदलाई कोरोना संक्रमण

पोखरा,१८ भदौ । गण्डकी प्रदेशसभाका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा उनमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रहरीमा संक्रमण देखिएपछि संक्रमितसँगै खाना खाएको आधारमा उनको नमूना परीक्षण गरिएको बताइन्छ । संक्रमित प्रदेशसभा सदस्य अहिले घरमै आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।

Comments
Loading...