हुण्डाई गाडीको नयाँ मोडल ‘आउरा’ नेपालमा बिक्री शुरु

पोखरा,२६ भदौ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुण्डाई ‘आउरा’नेपालमा सार्वजनिक गरेको छ ।

यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तिशाली र सुबिधायुक्त ट्रेन्ड सेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएको छ ।

सो गाडीको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक रूपेश शर्मा भट्टले भने, “सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् । समयमा बजारलाई एकस्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ ।”

हुण्डाई ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गरेको बताउँदै उनले नयाँ हुण्डाई आउराले यस लिगेसीलार्ई जारी राख्ने सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यस गाडी आकर्षक सेडानको निम्ति विकसित गरिएकाले यसले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ‘सेन्सियस स्पोर्टनेस’मा बनेको बताइन्छ । एक हजार १९७ सिसिमा उपल्ध यस गाडी विभिन्न चार भेरियन्टमा उपलव्ध रहेको र शुरुआती मुल्य रु ३३ लाख ९६ हजार रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि पोखराका अपरेशन म्यानेजर भीमसिँह खत्रीले जानकारी दिए ।

खत्रीले भने,“नेपालीग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।”

हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकूल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आइरहेको र आउरा समेत स्टाईल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण रहेको दावी गरिएको छ ।

 

Comments
Loading...