स्याङ्जाका कोरोना सङ्क्रमित पुरुषको पोखरामा मृत्यु

पोखरा,२७ भदौ । स्याङ्जाका कोरोना संक्रमित एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु भएको छ ।

car ads

गत भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।

टिप्पणिहरु
Loading...