युवा पत्रकार पौडेल सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखरा,३० भदौ । सहारा क्लब पोखराले स्थापना गरेको ‘सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७६’बाट पत्रकार इन्द्र्रप्रसाद पौडेल पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका सचिव तथा कान्तिपुर टेलिभिजनमा आवद्ध पौडेललाई पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान गरेकामा क्लबको २२ औं वार्षिकोत्सवका अवसरमा आज सो पुररस्कार अर्पण गरिएको हो ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नगद रु २० हजार ५०० सहित, ताम्रपत्र तथा दोसल्ला ओढाइ उनलाई सम्मान गरे ।

क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको  थियो ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद विधालाई प्राथमिकता दिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् । क्लबले सोही अवसरमा क्लबका सदस्य प्रकाश रानालाई समेत सम्मान गरेको छ । कार्यक्रममा मन्त्री गुरुङले सहारा क्लब खेलकूदको पर्याय रहेको बताए ।

क्लबले एकेडेमी स्थापना गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी खेल क्षेत्रको विकासमा योगदान गरेको भन्दै मन्त्री गुुरुङले भने,“प्रदेशको खेल विकासको लागि प्रदेश सरकार प्रतिवद्ध छ, खेल पूर्वाधार तथा खेलकूदको विकाससँग लागि हामी सबै बसेर छलफलका माध्यमबाट अघि बढ्नुु पर्दछ ।”

क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए ।

कार्यक्रममा पुुरस्कृत पत्रकार पौडेल, क्लबका अध्यक्ष केशव बहादुर थापा लगायतले पोखरालाई खेलकूदको राजधानी शहरका रुपमा विकास गर्नु पूर्वाधार निर्माणमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले रु १०  हजार सहयोग गरेको छ ।

सहारा क्लबले पोखरालाई खेलकूदको माध्यबाट देश तथा विदेशमा चिनाउँदै आएको छ । क्लबले वर्षेनी आयोजना गर्र्ने आहा रारा गोल्डकप मोसफलको प्रतिष्ठित प्रतियोगिताका रुपमा स्थापित छ । त्यसैगरी क्लबले पोखरा–१७ दोविल्लामा आफ्नै एकेडेमी स्थापना गरेर फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।

Comments
Loading...