आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

पोखरा,३१ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

आज राति १२ बजेदेखी लागू हुने गरी मट्टितेल र डिजेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ।

अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ । पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

Comments
Loading...