पोखराका यी स्थानमा भोलीदेखी तीन दिन विद्युत आपूर्ति बन्द हुने

हिमाली आवाज । पोखराको तातोपानी फिडर अन्तर्गतका केही स्थानमा तीन दिन विहान १० बजेदेखी साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

car ads

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आज सूचना जारी गरी असोज २२ देखी २४ गतेसम्म तातोपानी फिडर अन्तर्गतका केआइसिँहपुल, दीप तथा दीप हाउजिङ एरियामा बिजुली आपूर्ति बन्द हुने जनाएको छ ।

केआइसिँहपुलदेखी सुन्दरफिडसम्मको मुख्य बाटो विस्तारका क्रममा विद्युत पोलहरु स्थानान्तरण गर्नुपर्ने भएकाले बिजुली नआउने प्राधिकरणले जनाएको छ ।

टिप्पणिहरु
Loading...