प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमणबाट मुक्त

काठमाडौँ,२३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । हामीले कोरोना संक्रमण जितेका छौँ,’ उनले लेखेका छन् ।

Comments
Loading...